काठमाडौं उपत्यकामा थप १५ जना कोरोना संक्रमण

काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा पछिल्ल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।
हिजो मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १५ जना सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार यससँगै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। हालसम्म १४ हजार २१ जना निको भएका छन्। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै हालसम्म नेपालमा ४९ जनाले कोरोनाबाट ज्यान गुमाई सकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board