सेनाले दियो सीमा क्षेत्रमा खटिने प्रहरीलाई ६ सय इन्सास राइफल

काठमाडौं, १४ साउन । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल हस्तान्तरण गरेको छ । नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रामशरण पौडेललाई राइफल हस्तान्तरण गरेका हुन् ।

सरकारको निर्णयअनुसार क्षमता अभिवृद्धिका लागि सहयोगस्वरुप ती हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । माओवादीको सशस्त्र द्वन्द्वका समयमा यी हतियार भारतबाट ल्याइएको थियो । हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर राइफल रहेको छ । गत असार १५ गते बसेको मन्त्रिपरिषद बैठकले सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीका अनुसार सेनाबाट प्राप्त यी हतियार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई दिइनेछ । राइफलका साथै नेपाली सेनाले हतियार मर्मतबारे १५ दिने तालिम समेत सशस्त्र प्रहरीलाई दिनेछ । नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board