विश्वभर १ करोड ६८ लाखभन्दा बढीमा कोरोनासंक्रमण, १ करोड ४ लाख ४५ हजार बढी निको

काठमाडौं, १४ साउन । चीनका उहान राज्यहुँदै फैलन सुरु भएको नोवेल कोरोना भाइरसबाट विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टा २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै बुधबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको हो। बुधवार विहान सम्ममा निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४७३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board