राष्ट्रपति भण्डारीबाट २ ओटा विधेयक प्रमाणीकरण

काठमाडौं, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् ।
सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board