पहिरोमा पुरिएर दार्चुलामा दम्पतीको मृत्यु

कैलाली, १३ साउन । पहिरोले पुरिएर दार्चुलामा एक दम्पतीको मृत्यु भएको छ । पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए ।

पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भएको प्रहरुले बताए । पहिरोले घर पुरेको खबर सुनिलले नै प्रहरीलाई सुनाएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अहिले दुबै जनाको शव फेला परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति