बैठक स्थगित नभएको भन्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे

काठमाडौँ, १३ साउन । आज बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको सुचना आएपछि केहि नेताहरुले भने बैठक स्थागित नभएको बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको नेताहरुले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु अहिले बालुवाटार पुगेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नभएको र आफूहरु बैठक कक्षमा भएको बताए ।

दुई अध्यक्षबीचमा सहमतिबि नै ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै सचिवालय र स्थायी कमिटीका नेताहरु पनि बालुवाटार पुगेका हुन् ।

दुई अध्यक्षबीचको सहमतिमा आज ११ बजे बैठक बस्ने भनेर निर्णय भएको हो । त्यसलाई परिवर्तन गर्न कम्तीमा पनि दुई अध्यक्षको सहमति हुनुपर्छ प्रवक्ता श्रेष्ठले भने । बैठक सुचारु गरेर नियमित एजेण्डामा छलफल गर्ने तयारी अध्यक्ष दाहाल–नेपाल समूहको छ ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले बैठक स्थगित भएको सुचना दिएका थिए । उनले यसअघि पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको सुचना दिएका हुन् ।

यो पढ्नुहोस्
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board