बरामद सुन १५ किलोमध्ये आधा किलोमात्रै सक्कली

काठमाडौं, १३ साउन । काठमाडौंबाट प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए । विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ ।

बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको हो । प्रहरीले नै यसअघि कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा खबर सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस्
काठमाडौंबाट १५ किलो ‘सुन’ र हतियार बरामद

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board