नेकपा विवादः ओली नै प्रधानमन्त्री हुनुपर्ने भन्दै वामदेवले बुझाए ६ बुँदे प्रस्ताव

काठमाडौं, १३ साउन । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद मिलाउन भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । वामदेवले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी गौतमले सहमतिको प्रस्ताव गरेका छन् ।

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनले गरेका छन् । उनले पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि प्रस्ताव गरेका छन् ।

वामदेव गाैतमका ६ प्रस्ताव

  • केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाकाे यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने ।
  • पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
  • पार्टीकाे एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
  • प्रधानमन्त्रीका दैनन्दिनतका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीकाे सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुकाे पदाेन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
  • पार्टी केन्द्रीय सचिवालकाे सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालकाे परामर्श लिने ।
  • अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board