नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौँ, १३ साउन । आज मंगलबार बिहानका लागि तय भएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको बताए ।

थापाले फेसबुकमा लेखेका छन् । ‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’

आन्तरिक विवाद बढ्दै गएपछि असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । दुवै अध्यक्ष आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा लागेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति