अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण

काठमाडौं, १३ साउन । अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु भएको छ ।

३० हजार जनामा गर्न लागिएको यो परीक्षण अहिलेसम्मकै ठूलो हुने छ । विश्वभर कोरोना विरुद्धको खोप बनाउने प्रयास भइरहेका बेला यो खोपको अन्तिम चरणको परीक्षण गर्न लागिएको हो ।

अन्तिम चरणको परीक्षणपछि यसले काम गर्ने वा नगर्ने बारेमा अनुसन्धानकर्ताले अध्ययन गर्ने छन् । अहिलेसम्म विश्वभर १ करोड ६६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक करोड दुई लाखभन्दा धेरै निको भइसकेका छन् ।

६ लाख ५५ हजारको भने ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ५० हजारको ज्यान गएको छ । २१ लाख ३३ हजारभन्दा धेरै निको भएका छन् । यस्तै ब्राजिलमा २४ लाख ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा साढे ८७ हजारको ज्यान गएको छ ।

यसैगरी भारतमा १४ लाख ८२ हजार जनामा कोरोना पुष्टि हुँदा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति