कोरोनालाई परास्त गर्न चीनको पहिलो प्राथमिकतामा छिमेकी मुलुक

काठमाडौँ, १३ साउन । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै संकटमा रहेको समयमा चीनले सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा सोमबार चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

परराष्ट्रका एक प्रतिनिधिका अनुसार उक्त छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिए ।

वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्रीको सहयोग गर्ने पनि बताए । नेपालमा ७० प्रतिशतभन्दा बढी व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट निको हुनुलाई राम्रो उपलब्धि भएको वाङले बताएका थिए । वाङले कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले गर्दै आइरहेको सहयोगलाई लिएर धन्यवाद दिए । ज्ञवालीले चीनले कोरोना भाइरसमाथि गरेको जितलाई प्रशंसा गरे । ज्ञवालीले चीन नेपालको एक घनिष्ठ छिमेकी रहेको उल्लेख गर्दै भविष्यमा पनि आवश्यक पर्दा सहयोग गर्नेमा पूर्ण रुपमा आशावादी गरेको धारणा व्यक्त गरेका थिए ।

ज्ञवालीले सम्पूर्ण मुलुकहरू मिलेर एक जुटभएर कोरोना भाइरसलाई पराजित गर्नुपर्ने बताएका थिए । अफगानिस्तानको तर्फबाट कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसीले सहभागिता जनाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board