नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

काठमाडौं, १२ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

थप एकको मृत्यु

नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौं, १२ साउन । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० बाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board