बिरामी जाँचिरहेका एक डाक्टरलाई कोरोना संक्रमण

पोखरा, १२ साउन । पोखरामा बिरामी जाँचिरहेका एक डाक्टरलाई कोरोना संक्रमण देखिएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण देखिएको हो। सामान्य ज्वरो आएपछि उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाउँदा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माका अनुसार उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको बताईएको छ ।

सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए। यस्तै, निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन्।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अहिले गण्डकी प्रदेशमा १ सय ७२ जना आइसोलेसनमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board