अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

अफगानिस्तान,१२ साउन । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति