युभेन्टसलाई लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि

काठमाडौं, १२ असार । इटालियन (सिरी ए) को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई दुई एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।

टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे ।

यो सहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । जारी सिजनमा (सिरी ए) मा उनको यो ३१ औं गोल थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ ।

युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board