अफगानिस्तानमा सैनिक कारबाही, आठ लडाकू मारिए

अफगानिस्तान, ११ साउन । अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डर सहित आठ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ ।

अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको उल्लेख छ ।

तालिबान कमान्डर मुल्लाह खक्सारको नेतृत्वमा आएको तालिबान समूहको एक टोलीले खारिस्तान क्षेत्रको एउटा सुरक्षा जाँच चौकीमा आक्रमण गरेपछि भिडन्त भएको थियो । सरकारी सेनाको जवाफी कारबाहीमा कमान्डर खक्सार सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको र अरु लडाकू त्यहाँबाट भागेको सेनाले जनाएको छ ।

घोर प्रान्तका तालिबानमाथि कमान्डर खक्सारको मृत्युले ठूलो क्षति पुगेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिरोज कोह राजधानी रहेको घोर प्रान्तमा तालिबानको प्रभावशाली उपस्थिति रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति