जब मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए…

एजेन्सी — लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो ।

बेलायतको राजधानी लण्डन सहरको सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका देखिन्थे ।

कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अक्सफोर्ड लगायत लण्डनका विभिन्न इलाकामा अहिले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू भएको छ । सुपर मार्केटहरुमा समेत मानिसहरु अनिवार्य रुपमा मास्क लगाएर मात्र छिर्न पाउँदछन् ।

यस्तोमा मास्कको अण्डरवेयर लगाएर एकजना युवक सहरमा टहल्नुले धेरैको मनमा अनेक खालका प्रश्न खडा गर्यो ।अहिलेसम्म अर्धनग्न भएर टहल्ने युवकको पहिचान हुन सकेको छैन ।

ती युवकमाथि पुलिसले कुनै कानूनी कारवाही गरे नगरेको बारेमा पनि थाहा हुन सकेको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board