बाख्रा चराउन गएका दुई बालिका मृत भेटिए

जनकपुरधाम, ११ साउन । सर्लाहीमा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरको भनाई छ ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु भईरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board