डडेल्धुरामा खानेपानी विवाद हुँदा नाबालकको हत्या : थप एक अभियुक्त पक्राउ

डडेल्धुरा,१० साउन । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले हालसम्म जाहेरीका आधारमा मेलखालीकै ३० वर्षीय टीकाराम ओली, ५५ वर्षीया निरु भन्ने निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का, ३३ वर्षीय हरिकृष्ण भाट, १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए । गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका सात वर्षीय छोरा हिमांशुको मुत्यु भएको थियो । झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो । घटनापछि घाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति