ब्राजिलमा भयावह बन्दै कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु

काठमाडौं, १० साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको हो ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा शनिबार बिहान यो समाचार तयार पार्दासम्म २३ लाख ४८ हजार २०० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७६ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ लाख ९२ हजार २८१ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७० हजार ५३४ जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति