ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ९ साउन । ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ परेका छ । गत जेठ ९ गते कोहलपुरको पिपिसी इँटा भट्टा उद्योगमा काम गर्दै आएका शोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गोदाना बस्ने १९ वर्षीय समीर भाट र २९ वर्षीय कलिम भाटलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका शेखले उनीहरुविरुद्ध दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ १३ गते पक्राउ परेका दुई जनासहित चार जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सूचीमा राखेको थियो । घटनामा संलग्न स्थानीय नजीर भाट र इरफान भाट भने अझै फरार रहेका छन् । पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको खड्काले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति