नेपालमा १३३ कोरोना सङ्क्रमित थपिए, १०७ जना डिस्चार्ज

काठमाडौं, ९ साउन । नेपालमा शुक्रबार थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयका अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२,९४७ रोगमुक्त भएका छन्।

यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,३७४ पुगेको छ। अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board