Nepal Page

८ श्रावण २०७७, बिहिबार


अमेरिकामा एकै दिन ७१ हजार ५०१ जनामा संक्रमण

काठमाडौं, ८ साउन । अमेरिकामा ४१ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको महामारीबाट अमेरिकामा एकै दिन ७१ हजार ५०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ७० पुगेको छ।

यस्तै एकै दिन १ हजार २१३ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ४२ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ११ हजार ४२१ जनामध्ये १९ हजार १७९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति