22 July, 2020 12:31 pm


पहिरोले लमजुङमा १० घर पुरिए

लमजुङ, ७ साउन । पहिरोले लम्जुङमा कम्तिमा १० घर पुरिएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जानकारी दिएको छ ।

हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको भनाई छ । उनले आफू पनि घटनास्थलतर्फ गइरहेको बताए ।

प्रहरीका अनुसार हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन । पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board