Nepal Page

७ श्रावण २०७७, बुधबार


भारतमा ११ लाख ९४ हजार ८५ जनामा कोरोना संक्रमण

काठमाडौं ७ साउन । भारतमा लगातार कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम रोकिएको छैन ।

पछिल्ला चार दिनमा मात्रै भारतमा १ लाख ५३ हजार ६२८ जना संक्रमित भएका छन् । यसमध्ये ३९ हजार १६८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको वर्ल्डोमिटर्सले जनाएको ।

संक्रमण फैलिएको झण्डै ७ महिनामा भारतमा मंगलबारसम्म ११ लाख ९४ हजार ८५ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍१२ हजार ९२१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७२ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ७७१ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति