नेकपाको स्थायी कमिटी बैठक स्थगित, राहत र उद्धारमा जुट्ने प्रस्ताव पास

काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ । बाढी – पहिरो पीडितको उद्धारका लागि खट्न नेकपाले साउन १३ गते सम्मको लागि बैठक स्थगित गरेको हो ।

नेकपाले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित गरी अहिले सुरू भएको थियो।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको बताइएको थियो।

बैठक सुरू भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका छैनन् । केही दिनअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा रोखका थिए ।

नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकरपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुग्न सकिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति