21 July, 2020 2:09 pm


अमेरिकामा जारी प्रदर्शन रोक्न कानुन कार्यान्वयन गराउने ट्रम्पको चेतावनी

काठमाडौं,६ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी प्रदर्शनहरूलाई नियन्त्रण गर्नका लागि कानुन कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख सहरहरूमा पठाउने चेतावनी दिए ।

ट्रम्पले उदारवादी डेमोक्रेटहरूले न्यूयोर्क र सिकागोजस्ता सहरहरूमा कदम चाल्न डराएको भन्दै आलोचना गरे । उनले ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ’उत्कृष्ट काम गरेको’ बताए । राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका छन् । उनीहरुले चुनाव हुने वर्ष राजनीतिक तमाशा देखाएर अवस्था थप खराब बनाएको आरोप लगाएका छन् ।

उनले खासगरी न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डको नामै लिएर त्यहां समस्या भएको बताए । पोर्टल्याण्टमा पठाइएका कानुन कार्यान्वयन गराउने सङ्घीय सुरक्षा अधिकारीको प्रयासको पनि प्रशंसा गरे जुन कुरा आफैंमा विवादास्पद बनेको छ । स्थानीय नेताहरूले सङ्घीय सुरक्षा अधिकारीलाई सहर छोडेर जान भनेका छन् । ट्रम्पले भने ओरेगनका गभर्नर, पोर्टल्याण्डका मेयर र राज्यका अन्य सुरक्षा अधिकारीहरू ’अराजकतावादी’हरूबाट डराएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board