कस्तो थियो बीपीको प्रजातान्त्रिक समाजवाद ?

काठमाडौं, ६ साउन ।नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको आज ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइंदै छ ।

स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । विपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट निधन भएको थियो । जीवनभर प्रजातन्त्रका लागि लडेका विपी शालीन, गम्भीर चिन्तन तथा साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसंगै जेल परेका थिए ।

जब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेको युरोपमा कार्लमाक्र्सको पुँजी र विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रले उथलपुथल ल्यायो, तब सोही घटनाबाट व्यक्तिको स्वतन्त्रताप्रति माक्र्सले गरेको उपेक्षाको पाठ सिक्दै बीपीले व्यक्तिको आर्थिक समानता र न्यायपूर्ण व्यवस्थामा मात्र नेपालको गरिबी हटाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका थिए ।

यसैको जगमा बीपीले अगाडि सारेको समाजवादी विचारबाट २०१२ सालमा नेपाली काँग्रेसले आफूलाई समाजवादी पार्टीमा रुपान्तरण गरेका कारण वि.सं. २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा पार्टीले एकलौटी रुपमा दुईतिहाइ बहुमत ल्याउन सफल भएको थियो ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने विपी तत्कालीन नेपालमा अन्र्तराष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत परिचित थिए । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति