21 July, 2020 12:16 pm


लगातारको वर्षाले देशैभर बाढी र पहिरो, नदी किनारका वस्तीहरुमा त्रास

काठमाडौं, ६ साउन । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत अधिकांश ठाउँहरुमा जनजीवनमा प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने, विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ। अझै भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोध छ ।

लगातार झरी परेपछि विभिन्न नदीमा ठूलो बाढी आएको छ । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान गरिएको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हु“दा खतराको तह पार गर्छ ।

बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । राती देखिनै पानीको वहावले खतराको विन्दु पार गरेपछि साईरन बजिरहेको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, तिनाउ, लालबकैया र कोशी नदीमा पानीको सतहले खतराको तह पार परेको छ । यी नदीमा बाढी आएकाले आज नवलपरासीको सुस्ता, चितवनको सौराहा, रुपन्देही, नवलपरासी, सुनसरी र सप्तरी, गोरखा, लमजुङ, कास्कीका नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ । यस्तै उपत्यकामा बागमती नदी र मनहरा खोलामा पनि बाढी आउने भएकाले आसपासका क्षेत्र जलमग्न हुने देखिएको छ ।

निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पु¥याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् ।

नारायणी नदी उर्लियो, किनारका बस्ती असुरक्षित
लगातार परेको बर्षाका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर, देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९।८१ मिटर पुगेको छ । पूर्वानुमान महाशाखाका अनुसार जल सतह अझै बढ्ने क्रममा रहेको छ ।

नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं। २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको छ भने, वडा नंं। २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा रहेको छ ।

यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ ।

यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

कन्काई नदीको बाढी तटबन्ध भत्काएर गाउँ पस्यो
लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

सप्तकोशीमा बज्यो साइरन
सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । राती देखिनै पानीको वहावले खतराको विन्दु पार गरेपछि साईरन बजिरहेको छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

अझै भारी बर्षा हुने, सतर्क रहन आग्रह
अझै भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोध छ ।

नेपालमा अझै पाँच दिनसम्म ठूलो वर्षा हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र त्यो रेखा नहटेसम्म वर्षा भइरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असार ९ पछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गर्नुभयो । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योभन्दा बढी पानी परिरहेको वैद्यले बताए ।

यो मात्र अझै बढेर दुई सय मिलिलिटर पार्नी पर्ने सम्भावना छ । न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board