20 July, 2020 5:35 pm


काल बन्दै मनसुन, विगत भन्दा यो वर्ष बढी खतरा

काठमाडौं, ५ साउन । अझै पाँच दिनसम्म नेपालमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागको भनाई छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ । मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ ।

अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षाको सम्भावनाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विगत भन्दा यो वर्ष बढी खतरा
यस वर्षको वर्षा विगतको भन्दा केही फरक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष प्रि–मनसुनमा पनि बढी पानी परेको छ तर मनसुन सामान्य समयमा नै सुरु भएको छ । पछिल्लो जाडोयाममा विगत ३० वर्षयताकै बढी वर्षा भएको छ ।

सूचना अधिकारी श्रेष्ठ भन्छन् ‘प्रि-मनसुनमा बढी पानी पर्नु भनेको विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी खतरा छ भन्नु हो’ उनले भने, वर्षा भइसकेपछि जमिनहरू भिजिसकेको, थिलथिलो अवस्थामा हुन्छन् ।

उनका अनुसार भारत र नेपालको सीमा क्षेत्रमा विकास भएको न्यून चापीय प्रणाली नेपालतर्फ सर्ने क्रममा छ । त्यसैले केही दिनयता भारी वर्षा भइरहेको हो । यो क्रम सात गतेसम्म निरन्तर जारी रहने हुनाले सम्पुर्णमा सतर्क रहन आग्रह समेत गरिएको छ ।

काल बन्दै मनसुन
केही दिनेदेखिको अविरल वर्षाका कारण देशभर ठूलो संख्यामा मानवीय क्षति भएको छ । प्रि मनसुन सुरु भएसँगै बाढि पहिरोले सयौंको अकालमै ज्यान लिएको छ ।

बाढीपहिरोको कारण ४ महिनामा मात्र १ सय १८ जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता छन भने ९० जना घाइते अवस्थाामा छन । यस्तै बाढि पहिरोको कारण कारोडौको क्षति भएको छ । पिडीतहरु घरबास उजाडिएको छ ।

नेपालको भौगोलिक बनावटकै कारण बर्षेनी बाढि पहिरोको कारण सयौंको अकालमै ज्यान जाने गरेको छ । प्राकृतिक एवं मानवीय क्रियाकलापको कारण पनि प्रकृतिक प्रकोपका घटनाहरु निरन्तर बढिरहेका छन ।

नेपालमा मनसुन सुरु भएसंगै धेरै स्थानमा बाढी, पहिरोको जोखिम वर्षेनी बढ्दै गएको छ । जसलाई न्युनिकरणको लागि ठोस कार्यदिशाको साथै पुर्वतयारी गर्न नसक्दा प्राकृतिक बिपद्ले धेरै धनजनको क्षति गराउने गरेको छ ।

मनसुन सुरु भएसंगै देशैभरका नदीमा बहाव बढ्नेक्रम सुरु भएको छ । देशका नदिहरु कन्काई, कोशी, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव उल्लेखिय बृद्धि भइरहेको छ ।

नारायणी नदीमा बहाव बढेसंगै उच्च सर्तकता अपनाउन जल तथा मौसम बिज्ञानले अनुरोध गरेको छ । आगामी ५ दिनसम्म वर्षाको मात्र बढ्ने भएकोले सजक हुने आवश्यक देखिएको छ ।

पछिल्लो केही दिन यता अविरल वर्षा हुने मौसम बिभागले बताइरहेको छ । जसको कारण कारण देशका विभिन्न ठाउमा बाढी, पहिरो र डुबान समेत पर्न सक्ने देखिन्छ । २०७७ बैशाख यता मात्र पहिरोका कारण ११३ जनाले ज्यान गुमाएका छन भने ४३ जना बेपत्ता छन ।

८७ जना घाइेत भएको छ । यस्तै बाढिको कारण पनि ६ को मृत्यु र ६ जना बेपत्ता भएको छन भने ३ जना घाइते भएका छन । यसले के देखाउछ भने यसरी बाढि पहिरोको कारण सयौको ज्यान जानुको पछाडी विपद् जोखिम न्यूनीकरणमा ध्यान नै नदिनु देखिन्छ ।

पहिरो र बाढी डुबानको पूर्वतयारी एवं आवश्यक जागरण, सचेतनासमेत दिन नसक्दा वर्षेनी ठुलो परिणाममा धनजनको क्षति हुने गरेको छ । यद्यपी गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति संघ, प्रदेश र स्थानिय तहसम्म विभिन्न समिती रहेको र सम्भावित विपतको अध्ययन गर्दै पूर्वतयारीको काम गरिरहेको बताएको छ ।

अहिले पनि भौगोलिक बिकटताको कारण प्रकोप हुने बित्तिकै उद्धार तथा राहत समेत पुग्न सक्ने अवस्था छैन । पछिल्लो ४ महिनाको समयलँई हेर्ने हो भने बाढिबाट भन्दा पहिरोको कारण धेरैको ज्यान गएको छ । बाढिको लागि पुर्वसुचनाकै कारण धेरै कम देखिन्छ भने पहिरो सम्बधी अध्ययन नहुदा पहिरोले ज्यान गुमाउनेहरु बढिरहेका छन । यस्तै प्रकोपबाट बाचेकाहरु समेत भगवान भरोमा बस्न बाध्य हुने गरेका छन।

यसरी प्रकोपले क्षति पुर्याएपछि मात्र राहत उठाउने देखि पुनस्थापनामा जुट्ने तर प्रकोप निराकरणको लागि भने दीर्घकालीन सोच नभएकै कारण प्राकृतिले ठुलो क्षति पु¥याउने गरेको पछिल्ला घटनाले देखाउने गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनबिना जथाभाबि सडक निमार्णको साथै ठुला ठुला संरचना बनाएकै कारण पहिरोले जाने गरेको छ ।

बिकासको नाममा गाउँगाउँसम्म सडकबाटो बन्दा समेत पहिलोको जोखिम पाहाडी भूभागमा बढ्दो छ । जहा जहा सडक बनाएर बस्ती बसालिएको छ त्यही स्थानमा पहिलोले क्षति पु¥याएको छ ।

यो पनि पढ्नुहोस्
हरेक बर्ष दोहोरिन्छ विपत्ति, खोई पुर्वतयारी ? यस्तो छ विज्ञहरुको सुझाव
उपत्यकासहित देशभर झरी, यी स्थानमा बाढी र पहिरोको खतरा

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board