मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटीबारे छलफल

काठमाडौं, ५ साउन । आज केहीबेरपछि मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । सोमबार साँझ ५ बजेका लागि बैठक बोलाइएको छ । श्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना रहेको छ ।

आजको नियमित बस्ने बैठक भएता पनि कोरोनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरु हुनसक्ने बताइएको छ । त्यसमा लकडाउनको मोडालिटी पनि सर्न सक्नेछ । त्यस्तै आजको बैठकमा आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा पनि छलफल हुने श्रोतको भनाई छ ।

यसैबीच पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार आन्तरिक हवाई उडान खोल्ने विषयमा पनि आजको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति