Nepal Page

५ श्रावण २०७७, सोमबार


चारकिलोमा पहिरो : नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, ५ साउन । नारायणगढ–​मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसहित ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति