तेस्रो विश्वयुद्धको कहानीमा बन्ने भयो फिल्म, दीपिका र प्रभासको जोडी

बलिउड – बलिउडमा अब तेस्रो विश्वयुद्ध तेस्रो विश्वयुद्धको कहानीमा आधारित फिल्म बन्ने भएको छ । फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् ।

दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान छ । यो फिल्म सन् २०२१ को अप्रिलदेखि सुरु गरिनेछ ।

विवायजयन्ती प्रोडक्सन हाउसले यो कुराको घोषणा ट्वीटरमा गरेको छ । यसमा लेखिएको छ, ‘दीपिका पादुकोण वेलकम अनबोर्ड । तपाईंलाई यो अद्भूत एड्भेन्चरको हिस्सा बनाएर हामी निकै उत्साहित छौं ।’ फिल्म प्रभास २१ लाई नाग अश्विनले निर्देशन गर्नेछन् ।

साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस विवायजयन्ती मुभिज चाँडै नै आफ्नो ५० वर्ष पूरा गर्ने तयारीमा छ । यो विशेष मौकामा प्रोडक्सनले दुई ठूला सुपरस्टार दीपिका पादुकोण र प्रभासलाई सँगै ल्याउने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति