नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक साउन ६ गतेका लागि एक विज्ञप्ती जारी गर्दै बोलाइएको छ ।

कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’ । हालसम्म नेकपा स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति