Nepal Page

३ श्रावण २०७७, शनिबार


नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै ओली र प्रचण्ड शीतलनिवास प्रस्थान

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु नेताबीच गृहकार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने सहमति भएको बताए ।

आइतबारको स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ । यसैवीच सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले बतायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति