आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

भारत, ३ साउन । भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् ।

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति