२४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि, १०३ जना डिस्चार्ज

काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसंगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति