Nepal Page

३ श्रावण २०७७, शनिबार


ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख ४८ हजार नाघ्यो

काठमाडौं, ३ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

शनिबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ४८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १९० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७७ हजार ९३२ पुगेको हो । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ६६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३ हजार ९९० जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति