Nepal Page

३ श्रावण २०७७, शनिबार


आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौ, ३ साउन । काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक शनिबार आज लाई बोलाइएको छ ।

साउन ४ गतेलाई तय गरिएको स्थायी कमिटीको बैठकअघि सचिवालय समितिको बैठक बस्न लागेको हो ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । केही समययता नेकपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ ।

नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि पार्टीभित्र थप विवाद बढेको छ ।विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच पटक–पटक छलफलबाट सहमति जुटाउने प्रयास भए पनि कुनै सहमति हुन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति