कास्कीमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

पोखरा, २ साउन । गएरातिदेखि अविरल परेको वर्षाका कारण पहिरो जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा ३ जनाको मृत्यु भएको छ । स्थानीय प्रेम विकको घरमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

१६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको पहिरोमा परी ज्यान गएको प्रहरीले जनाएको छ । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।

उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसकेको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति