Nepal Page

१ श्रावण २०७७, बिहिबार


बालुवाटारमा ओली पक्षको छलफल


काठमाडौं, १ असार । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका छन् ।

सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा छन् ।

शुक्रबारको बैठकअघि प्रचण्ड माधव नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि प्रधानमन्त्रीले निकट नेताहरुसँग परामर्श गरेका हुन् । प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा ओली पक्षधर नेताहरुको उपस्थिति बाक्लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति