Nepal Page

१ श्रावण २०७७, बिहिबार


५ लाख घुससहित मेयरका छोरा पक्राउ

काठमाडौं, १ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ लाख रुपैयाँ घुससहित सिरहा कल्याणपुर नगरपालिका मेयरका छोरा लगायत दुईजनालाई रङ्गेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लाहान ९२२ स्थित राजदेवी चोक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र सहयोगी जितेन्द्र महतोलाई पक्राउ परेका हुन्।

अख्तियारका डिएसपी मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो दुबैलाई रङ्गेहात पक्राउ गरेको हो।

कल्याणपुरका मेयर मण्डलले नगरपालिकाको डिपिआर गर्ने ब्यक्तिसँग भुक्तानी गरिदिए बापत ५ लाख रुपैयाँ घुस माग्दै आएका थिए। सो रकम लिन मेयरले आफ्नो छोरा सन्त मण्डललाई लाहान पठाएका थिए। लेनदेन गरिरहेकै बेला अख्तियार टोलीले मेयरका छोरालाई घुस रकमसहित पक्राउ गरेको थियो। घटनामा मेयर समेत तानिन सक्ने अख्तियार स्रोत बताउँछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति