Nepal Page

१ श्रावण २०७७, बिहिबार


भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम : एकै दिन ३२ हजारभन्दा बढी संक्रमित

काठमाडौं, १ साउन । भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।


संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति