विप्लव समुहका ओमप्रकाश पुन दम्पत्ति पक्राउ

काठमाडौं, ३१ असार । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्यूरो इन्चार्ज  नेता ओमप्रकाश पुन पक्राउ परेका छन् । विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् ।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराका अनुसार एक जना नेता पक्राउ परेको बताए । पक्राउ परेकालाई जिल्लातर्फ लगिदैछ ।

श्रोतका अनुसार पुनसँगै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनीहरुलाई कैलालीको फुलबारी क्षेत्रबाट गिरफ्तार गरेको हो । उनीहरुमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति