ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना भाईरसको संक्रमण

काठमाडौं, २८ असार । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो, त्यसपछि उनीहरुलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति