डोनल्ड ट्रम्पले पनि लाउन थाले मास्क

अमेरिका, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन्। उनले घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन् ।

यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए। उनले भने, ‘म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो।’

उनले भने, “तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो।”

अमेरिकामा पछिल्लो अवस्था
अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु भएको छ। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३२,४५,००० भन्दा बढी छ।

सार्वजनिक रूपमा मास्क लगाउन निर्देशन दिने पछिल्लो राज्य लुईजीयाना बनेको छ। त्यहाँका डेमोक्र्याटिक गभर्नर जोन बेल एड्वर्ड्सले राज्यभरिका मदिरालयहरू बन्द गर्न निर्देशन दिँदै कोठाभित्र ग्राहकलाई सेवा दिन नपाउनेगरी रेस्टुराँहरूका निम्ति कडा नियम लगाएका छन्।बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति