Nepal Page

२७ असार २०७७, शनिबार


नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु , मृतकको संख्या ३८ पुग्यो

काठमाडौं, २७ असार । नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। यस सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको हो ।

काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको मन्त्रायलका प्रवक्ता गौतमले बताए। उनि फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि असार १६ गते अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि भने असार १७ गते भएको थियो। यस्तै, सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ।

क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्ण निवासी हुन्। उनी असार १९ गते भर्ना भएका थिए। मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति