Nepal Page

२७ असार २०७७, शनिबार


अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टापछि खुल्यो


काठमाडौं, २७ असार ।  दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि सञ्चालनमा आएको छ ।

बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राती १:०० बजे बाढीले बगाइदिएको थियो र जस्का कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको र अवरुद्ध सडक १३ घण्टापछि मात्र सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति एक बजेदेखि बाटो अवरुद्ध थियो ।

बिहानैदेखि निर्माणको कार्य शुरु भएको र दिउँसो २ बजेबाट यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक दिउँसो २ बजेबाट सञ्चालनमा आएपछि रातिदेखि रोकिएका सवारी साधन चल्न थालेका प्रहरीले जनाएको छ । यसअघि पनि बाटो साँघुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटकपटक बाटो जाम हुँदा यात्रुले पटक पटक सास्ती खेप्दैआएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति