11 July, 2020 11:11 am


सहरमा मात्र होइन गाउं गाउंमा फोर जी – डिल्ली अधिकारी, एमडी नेपाल टेलिकम (भिडियो)

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग अनुसार फोर जी बिस्तारलाई देशभरी पु¥याएको छ । ड्रिम प्रोजेक्टको रुपमा रहेको फोर जी सेवालाई बिस्तारको लागि टेलिकम अगाडी बढिरहेको छ ।
पछिल्लो समय फोन कल भन्दा डाटा प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएकोले पनि फोर जी बिस्तारसंगै गुणस्तरीय सेवा प्रवाहको लागि टेलिकम जुटिरहेको छ ।

इन्टरनेट सेवाबाट ग्राहकले भ्वाइस सेवा भिडियो सेवा समेत हेर्न मिल्ले भएकोले धेरै ग्राहकको रोजाई टेलिकमको इन्टरनेट सेवा पर्दै आएको छ । विश्वव्यापी रुपमा नै डाटा प्रयोग गर्नेको सख्या धेरै बढिरहेको हुनाले समेत टेलिकम पनि फोर जी बिस्तारको लागि नयां रणनितिको साथ अगाडी बढेको नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउनुहुन्छ ।

७७ जिल्लाको ५ सय २७ भन्दा बढी स्थानिय तहमा फोर जी

फोर जी देशव्यापी बिस्तार गर्ने कार्ययोजना अन्तरत हालसम्म ७७ जिल्लाको ५ सय २७ भन्दा बढी स्थानिय तहको फोर जीको नेटवर्क पुगिसकेको छ । यसलाई अझै तिब्र बिस्तारको लागि टेलिकमले लागि परिहेको छ । अहिले देखिएको कोराना कोभिड–१९ को प्रभाव नपरेको भए अहिले सबै स्थानमा फोर जी सेवा पुग्नेगरी टेलिकमले काम थालेको थियो ।
चैत्र देखि फोर जी बिस्तारको लागि भौतिक पुर्वधारको काम दुई महिना जति रोकिएको भएपनि फेरी सुरु गरेको छ । टेलिकमको फोर जी सेवा माइमो टेक्नोलाजी प्रयोग गरिएकोले यसको धेरै तिब्र गतिमा मोवँइलबाट इन्टर नेट चलाउन सकिने टेलिकमले जनाएको छ ।
अहिले पनि हेर्ने टेलिकमको सेवा अन्य कम्पनीको भन्दा राम्रो रहेको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी बताउनु हुन्छ । फाइवर नेटवर्क भन्दा पनि टेलिकमको फोरजी नेटवर्कको गुणस्तर धेरै राम्रो रहेको टेलिकमको भनाइ छ । अहिले फोरजी सेवाका लागि टेलिकमले ७ सय स्थान नया टावर बनाउनु पर्ने भए पनि ३ सय भन्दा बढि स्थानमा टावर बनिसकेको छ । निर्देशक अधिकारी भन्नुहुन्छ בअहिले फोरजीको लागि अप्टिकल फाइबरको काम गरिहेको छौ । नेटवर्क नेपालको फोर जी सेवाको स्पिड हेर्न हो भने साउथ एसियामा श्रीलंका पछि नेपाल रहेको छ । जसले के देखाउंछ भने नेपाल टेलिकमले इन्टरनेट सेवालाई गुणस्ततामा टेलिकम अग्रपंक्तिमा छ ।’

टेलिमकले फोर जीसंगै फाइभ जी समेतको तयारी गरिहेको छ । फोरजी सन् २०३० सम्मका लागि भएपनि फाइभ जीको तयारी समेत टेलिकमले गरिरहेको छ । फोर जी का केही पुर्वधारले फाइभजीमा समेत प्रयोग हुने भएको फाइभजीको प्लानको लागि सहयोग पुग्ने निर्दशक अधिकारी बताउनु हुन्छ ।

डिजिटन नेपालमा टेलिकमको सहयोग
सरकारले डिजिटल नेपालको लागि टेलिकमले कनेक्टिभिजीको पुर्वधार बनाउन थालिसकेको छ । देशभरी फोर जी नेटवर्क र सहरी क्षेत्रमा फाइवर मार्फत सरकार ल्याएको डिजिटन नेपालको फ्रेम वर्ममा साथ दिदै आएको छ । यसरी हरेका ग्रँहकलाई तिब्र गतिको इन्टरनेट सेवा दिएर कनेक्टिभिटीमा मार्फत हरेक क्षेत्रमा पुराउने काम टेलिकमले गरिएको छ ।

कोभिड–१९ असर : देैनिक ३ कारोड आम्दानीमा कमी

धेरै क्षेत्रलाई कोभिड–१९ ले असर गरेसंगै टेलिकम समेत यसको प्रभावमा परेको छ । पुर्वधार बिकास, बिस्तारको साथै फोरजी बा“की काम बिस्तारमा समेत असर गरेको देखिन्छ यस्तै मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर बिस्तार गर्ने परियोजनाको काम हुन सकेन लकडाउनले गर्दा फेमिली कल, बिजनेस कल, रोमिङ लगायतको कलमा देखिएको गिरावटको कारण व्यापाारमा समेत कमि आएको छ । निर्देशक अधिकारी भन्नुहुन्छ ‘नेपालमा मात्र होइन बिश्वभरी कलबाट आउने आम्दानी घटेको छ भने डाटा प्रयोग कर्ताको सख्या केही बढेको आम्दानीमा केही राहत भएको छ ।’
केभिडले गर्दा यस आर्थिक वर्षमा पनि टेलिकमको मुनाफामा केही असर देखिएको छ । कोभिडको कारण देैनिक ३ कारोड आम्दानीमा कमि देखियो । यही कोभिड नभएको नाफा बढ्थ्यो तर आउदो वर्षमा बढ्छ । टेलिकमको क्रियाशिल ग्राहक बढिरहेका छन । डाटाको खपत बढिरहेको छ । भ्यावाइसको खपत पछिल्लो समय बढिरहेकोले आउने दिनमा टेलिममको मुनाफा बढ्ने अधिकारीको भनाइ छ ।

प्रतिस्पर्धामा टेलिकम

इन्टर नेटको खर्च प्रतिव्यक्तिको आयको ५ प्रतिशत हुनु पर्ने हो नेपालमा अन्य कम्पनीको र बिश्वमै इन्टरनेट कम्पनीमा सस्तो छ । धेरे भन्दा धेरै धेरै ग्राहकलाई टेलिकमसंग जोड्दै सस्तो दर रेट बनाएर अगाडी बढ्यो योजना टेलिकमले बुनिरहेको छ । नेपाल टेलिकम सरकारको स्वामित्वमा भएको हुनाले पनि बनाएर ग्राहक केही पनि नपुगेको स्थानमै पुग्नुपर्ने दायित्यको साथै नाफा भन्दा पनि सेवा दिनका लागि टेलिकमले आफनो धर्मको रुपमा लिएको छ । टेलिकमले सेवा दिन थालेपछि मार्केटमा रेट समेत घट्छ त्यसैले टेलिकमले मुनाफा भन्दा पनि गुणस्तरको साथै सबै ग्राहकहरु पुग्ने गरी काम गरिहेको छ।

शहरमा फाइभर ग्रामिण भेगमा फोर जी मार्फत इन्टरनेट पुराउदै आएको छ। यसैगरी बिद्यार्थीको लागि भनेर टेलिकमले इ–शिक्षा प्याकेज एकदमै सास्तोमा दिएको टेलिकमले जनाएको छ । राज्यको कम्पनी भएको हुनाले सामुदायिक बिद्यालय र शिक्षा मन्त्रायलको सहकार्यमा इ पुस्तकालको सेवा अगाडी बढाइएको छ

सक्षम टेलिकम
नेपालको सबै भन्दा धेरै स्थानमा कभरेज गर्ने टेलिकम बनेको छ । यो वर्ष पनि कालापानी क्षेत्रको व्यास नगरपालिका मोवाइल टावर समेत स्थापनना गरिएको छ । मुस्ताङको कोरोला नाका, मनाङको फु, गोरखाको सामागाउं,रसुवा तातोपानी बोर्डर, दोलखाको बेदिङ हुम्लाको हिल्सा लगायतका क्षेत्रमा दुर्गम क्षेत्रमा समेत टेलिकमको पहुंच पुगेको छ । नाफा मात्र नभएर सबै स्थान नेकवर्क पुराएर सक्षम व्यवसायी संस्था बन्ने टेलिकमले अठोट लिएको छ ।

ग्राहक सेवालाई सम्बोधन गर्नका लागि ग्राहकले १४९७, १९७ मा कल गरेर र पछिल्लो सयम ट्वििटर फेसबुकबाट र कल सेन्टरबाट तत्काल गुनासो सुन्ने गरेको छ। मोवाइल एप्स, फेसबुक पेज, वेभसाइट मार्फत जनताका टेलिकम सम्बधी गुननासो सुन्ने काम गरिहेको छ । गुणस्तर र कभरेजमा समेत अगाडी रहको टेलिकमले आफनो नाफा नेपालको सृमद्धिको बिकासको लागि लगाउदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board