Nepal Page

२७ असार २०७७, शनिबार


भारतमा एकैदिन २७ हजार ७ सय बढीमा कोरोना संक्रमण,संक्रमितको संख्या ८ लाख २२ हजार नाघ्यो

काठमाडौं, २७ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस भारतमा तीन दिन यता लगातार तिव्ररुपमा बढ्दै गएको छ । दैनिक २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार सम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५७० पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । तीन दिनमा मात्रै भारतमा ७८ हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान २५ हजार ८०३ जना संक्रमित भएका थिए । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ भने ५ लाख १६ हजार २ सय ६ जना उपचारपछि निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति